आधिकारिक सूचना (Official Notice)
गोसाइँकुण्डबाट फर्किने तीर्थयात्रीहरूका लागि २४ घण्टा निःशुल्क सहयोग

🏕️ दुप्चेश्वर गाउँपालिका र घ्याङ्फेदीका स्थानीय युवा तथा अगुवाहरूद्वारा निःशुल्क आपत्कालीन सेवा सञ्चालन

दुप्चेश्वर गाउँपालिकाको समन्वय तथा स्थानीय युवा र स्थानीय अगुवाहरूको पहलमा, गोसाइँकुण्डबाट फर्किनुहुने सम्पूर्ण दर्शनार्थी तथा तीर्थयात्रीहरूको सहज र सुरक्षित यात्राका लागि २४ घण्टा निःशुल्क सेवा सञ्चालन गरिएको छ। गोसाइँकुण्डबाट फर्किने क्रममा कुनै पनि तीर्थयात्रीलाई खाना, आवास, स्वास्थ्य उपचार, एम्बुलेन्स, उद्धार (Rescue) वा अन्य कुनै समस्या परेमा दुप्चेश्वर गाउँपालिका वडा नं. १, घ्याङ्फेदीमा सम्पर्क गर्न सकिनेछ।

✨ उपलब्ध सेवाहरू (24/7 निःशुल्क):

✅ निःशुल्क खाना
✅ निःशुल्क आवास
✅ निःशुल्क एम्बुलेन्स सेवा
✅ आवश्यकताअनुसार उद्धार (Rescue) सेवा
✅ स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग
✅ अन्य आवश्यक सहयोग तथा समन्वय

📍 सम्पर्क तथा सहयोग लिन सकिने स्थानहरू:

  • घ्याङ्फेदी माध्यमिक विद्यालय
  • घ्याङ्फेदी स्वास्थ्य चौकी
  • दोङ्चे टोल सुधार समिति
  • तामाङ सामुदायिक होमस्टे
  • घ्याङ्फेदी होस्टेल

📞 सेवा तथा सम्पर्कका लागि आधिकारिक नम्बरहरू:

गाउँपालिकाको आधिकारिक सम्पर्क:
9869085318 / 9851126899 / 9864352268
घ्याङ्फेदी, वडा नं. १ मा उपलब्ध स्थानीय सम्पर्कहरू:
9840863836 (प्रेम)  |
9863182548 (कुमार)  |
9767562418 (हरि)
9841909141 (कर्मजीत)  |
9840844450 (सनिता)
गोसाइँकुण्डबाट फर्किनुहुने दर्शनार्थीहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन यो सूचना व्यापक रूपमा शेयर गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

Information By: Hari